टुँडीखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा छुटे

काठमाडौं । काठमाडौंको टुँडीखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् ।

कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौँले ९/९ हजार धरौटी लिएर रिहा गएको हो । सीडीओ कार्यालय स्रोतका अनुसार उनीहरूले आजै धरौटी रकम बुझाएका छन् ।

तपाईको प्रतिक्रिया