राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश कार्यसम्पादन समिति गठन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश प्रदेश प्रमूखमा मदन खड्का चयन भएका छन् । शनिबार वीरेन्द्रगर सुर्खेतमा भएको कर्णाली प्रदेशको विषेश भेलाले खड्काको प्रदेश प्रमूखत्वमा समिति गठन गरेको हो ।

समितिको उपसभापतिमा प्रेम बोहरा, महासचिव ललित कुमार चन्द चयन हुँदा सचिब एवम प्रदेश प्रवक्तामा हरिप्रसाद अधिकारी चयन भएका हुन । स्नेहा उपाध्याय कोषाध्यक्ष बनेकी छिन भने सदस्यहरुमा सुनिता बिक, निर्मला सापकोटा, ऋषि पाण्डे र बुदे बुढा चयन भएका हुन ।

यसैबीच, नयाँ समितिको शपथग्रहण समेत सम्पन्न भएको प्रवक्ता अधिकारीले जानकारुी दिए । उनका अनुसार नयाँ समितिको शपथग्रहण पार्टी सभापति रवि लामीछानेले गराएका थिए ।

तपाईको प्रतिक्रिया