कथा

‘बा’ को फोटो नभेटाएपछि…

चन्द्र रावत ‘गुराँस’

कुसे औंसीको दिन मोवाइलका भित्ताभरी आ–आफ्ने बाको फोटो राखेर जन्मदातालाई सु–स्वास्थ्यको कामना गर्नेहरुको दौदधुप धेरै नै हुन्छ । उसले सामाजिक सञ्जाल मात्र के खोलेको थियो उसकी श्रीमतीले पोस्ट्याएको फोटो सुरुमै देखियो । उसलाई ससुरा बाको फोटो देख्ने बित्तिकै आफ्ना बाको याद आयो । मेरा बाले पनि त मलाई पढाए लेखास, यहाँ सम्म आउने बनाए म पनि बालाई सम्झिएर फेसबुकमा फोटो हाल्छु भनेर सोच्यो । तर उसको मोबाइलमा बाको फोटो थिएन ।

३ वर्ष पहिले घर जाँदा दशैंमा खिचाएको फोटो मोबाइलमा थियो । कपी गरेर ल्याप्टपमा राख्न नपाएरै उसका छोराछोरीले मोबाइल ह्याङ गराएका थिए । हत्तेरीका कस्तो बेकार भएछ मोबाइलमा बाको फोटो नै रहेनछ । उसले विचार गयो बाको फोटो भाइले त फेसवुकमा हालेको होला, त्यहीबाट तानेर फोटो त सञ्जालमा हाल्नै प¥यो । उसले आफ्नो भाइको प्रोफाइल खोलेर हेर्न खोज्यो भाईले प्रोफाइल लक गरेको रहेछ । ऊ भाइबाट पनि रिसायो कस्तो कुकुर रहेछ प्रोफाइल लक गरेर राखेको पो रहेछ ।

फेरी गाउँघरका कसैले अब आफ्नो बाको फोटो हालेका छन कि धेरै खोज्यो, उसको बाको फोटो कसले पो हाल्दिन्छ र, अर्को कुरा ऊ शहरमा गएपछि ठूल–ठूला मान्छेहरूसँग साथ गथ्र्यो । गाउँका मान्छे कहिल्यै बिरामी भएर अस्पताल आएका छौं भन्ने कहिले विदेश जाँदैछौं भन्ने । यसरी उसलाई डिस्टप गर्ने, पैसा माग्ने, हामीलाई भेट्न आइजा भन्ने गर्नाले उसले गाउँघरतिरकालाई फेसबुका साथि बनाएको थिएन ।

सोच्दा सोच्दै उसको दिमागमा अर्को आइडिया आयो। बाकसमा एउटा फोटो एल्बम नै छ, त्यसमात बुबाको जतिपनि फोटा छन् । फोटोबाट फोटो खिचाएर फेसबुकमा हाल्नु पर्छ । उसले खाटको मुनीपट्टी रहेको बाकस खोल्यो तर फोटो एल्बम भेटाएन । श्रीमतीलाई सोध्यो, यहाँ भित्रको फोटो एल्वम कहाँ छ ? त्योत मैले फोहोर फाल्ने डस्टबिनमा फालेको हूँ के चाइन्छ र ? त्यो । उसकी श्रीमतीको जवाफ थियो ।

ऊ रन्थनीए जस्तै भयो । कस्ती आइमाइ रैछ त्यहाँत जीवनकै महत्वपूर्ण फोटा हन्छन् । उसले श्रीमतीलाई नराम्रो सँग रिसाया । यो त कस्ती पागल आइमाइ रैछ, बाकस भित्र राखेको चिज नचाइने भए कसले पो किन राख्थ्यो र ? ऊ खुरुक्क त्यो एल्बम ल्याएर आ । उसले श्रीमतीलाई फेरी थर्कायो, उसको श्रीमती त्यो फोहोर फाल्ने भाँडो हेर्न गई, ओल्टाई पल्टाइ गरी त्यो एल्वम त भेटाइन । छोरा छोरीलाई बोलाइ ए राकेस ? ए रोशन ? यहाँ फोहोरमा कालेको कागजपत्र कसले कहाँ फाल्यौ ? राकेशले जवाफ दियो—हिजो नगरपालिकाको फोहोर उठाउने गाडी आएको थियो मैले त्यसैमा हालिदिएँ । अब त्यो भन्दा फरक प्रश्न खोतलेर केही काम छैन ।

आफ्नो बुवाको फोटो कतै नभेटाएपछि उसले विचार ग¥यो । अब फेसबुकमा फोटो नभएपनि केही त लेख्नै प¥यो । ऊ शब्दमा अलमलियो के लेख्ने के नलेख्ने ? यो वर्ष उसलाई बुबाको धेरै याद आएको छ । बुबाप्रति प्रेमभाव जागेको छ । ऊ सम्झन्छ—बुवालाई धेरै पटक शहरतिरै लिन खोजेका तर उसको बुबाले मान्नुभएन । केही दिन पहिले उसले फोन गरेको थियो, बुबालाई बुबा हजुर ! गाउँमा एक्लै कसरी बस्नु हुन्छ ? अब शहरमा आइहाल्नुहोस् । हजुरलाई त्यहा दुःख हुन्छ । उसको बुबाले जावफमा भनेका थिए, ‘बाबु त्यहाँ आएर पनि के गर्नु म तिमीहरुलाई दःख हुन्छ बुहारी पनि खुसी हुँदनि, उता आएर तिमीहरुले दुःख पाउनु भन्दा बरु म यसै दुःख पाउँछु ।’

उसलाई आफ्नी श्रीमतीबाट रिस उठ्छ तर उठेर के गर्न ? ऊ आफ्नी श्रीमतीलाई केही भन्न सक्दैन । माइतीले किनिदिएको घडेरीमा घर बनाएर बस्न पाएको छ त्यो पानि काठमांडौ जस्तो ठाउँमा । उसका गाउँघरतिरका मै हुँ भन्ने ब्यापारीले पनि काठमाडौंमा घर बनाउन सकेका छैनन । दुईपटक चुनाव जितेका सांसदले पनि भाडा तिरेरै बस्दछन् । ऊ आफ्नो जागिर र घरपरिवारबाट खुसी नै थियो । काठमांडौ बाहिर कहिल्यै सरुवा हुनु परेन । श्रीमती पनि जागिरे । धनी परिवारकी छोरी । काठमाडौमा ३ तलाको घर । सबै भरीपूर्ण छ । तर श्रीमतीले बुबालाई काठमाडौंमा लै ल्याएर राखौँ भन्दा कहिल्यै स्विकारीन । उसकी श्रीमतीले बुबालाई वृद्धाआश्रममा राखौं भन्ने तर ऊ वृद्धाआश्रममा बुवालाई राख्न नचाहने ।

मनमा उविजएका तमाम विचारहरुलाई शान्त पार्दै उसले राम्रो स्ट्याटस हालेर फेसबुकमा पोष्ट ग¥यो । फेसबुको पोष्ट यस्तो थियो—कुसे औंसी तथा पिताको मुख हेर्ने दिनको उपलक्ष्व्मा मेरा पूजनीय पिताजीलाई सु–स्वास्थ्य तथा दिर्घायूको हार्दिक मंगलमय शुभकामना छ । भौतिक रूपमा उपस्थित भई यो वर्ष पनि बुबाको समिपमा बसेर कोसेली दिएर सन्चो विसन्चो सोधेर, मिठा मसिना वात गर्दै बुवाको मुख हेर्ने अवसर मिलेन । तैपनि बुबाको मायाले यो छाती भरिएको छ । बुवा मैले हजुरलाई हरपल सम्झिरहेको छ ु। मिस यू फादर ।

कुसे औंसीको शुभकामना पोस्ट्याएको दश मिनेटमै उसको मोबाइलमा नोटिफिकेशन देखियो उसले खोलेर हेयो। फेसबुक कमेन्ट रहेछ । नेपाली केटो नाम आइडी भएको व्यक्तिवाट कमेन्ट आएको थियो । त्यो कमेन्ट उसले हेर्न नसक्ने गरी लेखिएको थियो । यस्ता पनि छोरा हुँदा रहेछन् । बाहिर दुनियाँलाई देखाउन वुबालाई माया गरेको छु भनेर लेखिदिने तर गाउँमा आफ्नो बुबा जीउदै छन् की मरेका छन् अत्तोपत्तो छैन। यस्ता छोरा हुनुभन्दा अपुतै रहनु बेष ।

कोले लेखे छ यस्तो कुरा ? यो मान्छे को हो ? उसले त्यो मान्छेको प्रोफाइल हेर्न थाल्यो । गाउँतिरको मान्छे होला भन्ने उसले अनुमान थियो । केही दिनपछि अर्को व्यक्तिले पनि त्यस्तै उपरट्याङ उपरट्याङ लेखेको देखियो । यो स्टाटस लेख्नुभन्दा पहिले तपाई आफ्नो बुबालाई फोन गरेर सोध्नुहोस । एन्चो विसन्चो त बुझ्नुहोस । त्यसपछि ऊ झसङ्ग भष्यो, पक्कै पनि बुबालाई केही भएको होला । हत्तपत्त भाइलाई फोन डायल गयो । उसको भाइलाई फोन लागेन । उसले आफ्नो फुपुको छोरालाई फोन ग¥यो । र, घरको हालखबर बुझ्यो ।

उसको फुपुको छोराले बतायोकि ‘मामा वि‘बरामी हुनुहुन्छ ३/४ दिनदेखि हामीले अस्पतालमा भर्ना गरेका छौं। हजुरको गाउँको घर पनि भत्कियो । मामालाई मैले आफ्नै घरमा राखेको थिएँ। आजभोली बिरामी भएर अस्पताल लिएको छु।’ उसले आफ्नो फुपुको छोरालाई हवाट्स एपमा फोटा पठाइदिन बतायो । जब उसको फुपुको छोराले भत्किएको घर र अस्पतालमा भर्ना भाएका बुबाको फोटो पठायो त्यसपछि ती कहाली लाग्दा फोटाहरूले उसको मन भाव विवहल भयो ।

उसले ती फोटाहरु आफ्नी श्रीमतीलाई देखाएर भन्यो ल हेर हाम्रो बुबा त बिरामी पो हुनुहुँदोरहेछ, गाउँको अस्पतालमा उपचार गराइरहेका छन् । गाउँको घर भत्किएर फुपुको घरमा बस्नु हुँदोरहेछ । बुवालाइ यतै ल्याएर काठमाडौँतिर उपचार गराउने होकि ? फुपुको छोरालाई यतै ल्याइ– देउ भनेर फोन गुरुकि ? उसले आफ्नी श्रीमती सँग सल्लाह माग्यो ।
उसकी श्रीमती कड़केर बोली– बुबाको रेखदेख गर्ने तिम्रो मात्र जिम्मा छ की के हो ? बुबाको सम्पती तिम्रो भाइले खाने उपचार र रेखदेख हामीले गर्नुपर्ने यो त हुँदैन । ऊ फेरी भन्छ –तेसो नभन बुबाले आर्जन गरेको गाउँको सम्पती हाम्रो पनि त हो हामीले नलिएर पो हो । भाइले पनि त्यो सबै सम्पति छाडेर कालापहाडे भैदियो । अहिले बुढेसकालमा बुबाको साहारा को नै छ ?

यसरी नै उसले धेरै सम्झायो तर उसकी बुढी बालाई शहरमा ल्याउने कुरामा राजी भइन । बरु बुवाको उपचारमा लाग्ने खर्च हामीले पठाइदिम तेता पनि राम्रा अस्पताल छन् बुबाको उपचार भैहाल्छ भन्न पो लागि । ऊ सोचभग्न भयो अस्पतालमा बुवा छन्। डाँडामाथिको जून के भर छर ? बुबालाई भेटने नपाइ मृत्यु भैहालेमा म छोरो भएको के काम ? यतिका वर्ष त गल्ती गरियो । अव गल्ती गर्नु हुन्न आफै गएर बुबाको उपचार गराउनु पर्छ । उता उपचार नभए यतै ल्याएर आउनपर्ला । आफ्नो श्रीमतीसँग यही कुराको राय माग्यो । तर उसकी श्रीमतीले भारी वर्षाका दिन छन् पहाडको बाटो हजुर लाई दुःख हुन्छ बरु पैसा पठाइदिनुहोस भन्ने जिद्धी गर्न थाली ।

पैसा भन्दा ठूलो हो बाको अनुहार । दुःख छ तर बाले सानोमा मलाइ डोकोमा बोकेर २ दिनको बाटो हिडेर सदरमुकामको अस्पताल पु¥याएर बचाउनु भएको हो । आज मैले त्यो गुन तिर्न पनि गाउँ जानै पर्छ । ऊ हिसाब गर्न थाल्यो भोली बिहान प्लेन चढेर चढेर सदरमुकाम पुग्यो भने गाउँ जान थप एक दिन लाग्छ ।

पर्सी बिहान त बुबा भएको ठाउँमा पुगिहाल्छु । यसरी ऊ समय पर्खिेरहेको थियो, आफ्नो चाइने समान झोलामा प्याक गरेर रेडि बनायो । १/३ वर्ष पछि गाउँ जाने बिरामी बुबालाई बा चिन्ता नगर्नुहोस हजुरको छोरो आइहाल्यो । हजुरलाई केही हुँदैन । म छदैछु भन्ने सोच ग¥यो । रातभरी घरी निदाउने घरी विउझिने भइरह्यो । मान्छेको मन पनि अचम्मको हुँदो रहेछ । मन जेमा लाग्यो तेसैमा लागिरहने । मन म¥यो भने मरिहने, यतिका वर्षमा आजै उसको मन गाउँतिर नै धेरै तानिएको छ । बाको माया लागि रहेको छ र ऊ बालाई भेट्न आतुर छ ।

उसको मोबाइलमा विहानको आर्लाम बज्यो । ओछ्यानबाट उठ्यो । हातमुख धोयो श्रीमतीलाई पनि उठायो। एअरपोर्टतिर जान घरबाट निस्कनै लागेको थियो । उसको मोबाइलमा घन्टि बज्यो । फुपुको छोराको फोन रहेछ । गाउँबाट आएको फोन हो भनेर उसले फोन उठायो । फोनमा बुबाले संसार छोडिसक्नु भो भन्ने खवर पायो । उसको हातबाट मोबाइल फ्यात्त भुइमा खस्यो ।

लेखक चन्द्र रावत ‘गुराँस’ दैलेख, दुल्लू नगरपालिका–६ का बासिन्दा हुन् । उनी साहित्य लेखनमा चासो राख्नुका साथै अध्यापन गराउँछन् ।

तपाईको प्रतिक्रिया