आधारभुत विद्यालय शिक्षा सुधारमा (जाइका)को प्राविधिक सहयोग

दैलेख । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आधारभुत विद्यालय शिक्षा सुधारमा सहयोग  गर्ने भएको छ । बिहीबार दैलेखका ११ वटै पालिकाका शिक्षा अधिकृतहरूलाई सहभागि गराई  परिचय्यात्मक कार्यक्रममा यस्तो छलफल गरीएको हो। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत ,शिक्षा तथा मानव स्रोत विकास केन्द्र सँग आधारभुत शिक्षा सुधारमा प्राविधिक सहयोग गर्ने सम्झौता भएको (जाइका) प्रोजेक्ट अफिसर चन्द्रमान जोन्छेले जानकारी दिए ।

शिक्षाको अवस्था कमजोर हुँदै गएपछि नेपाल सरकारले सात वटै प्रदेशमा यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उनले बताए। यस्तै कर्णाली प्रदेशका १० वटा जिल्ला मध्य दैलेख जिल्ला छनोटमा परेको जिल्ला संयोजक दिप राज रावतले जनाए । रावतका अनुसार जिल्लाका प्रत्यक पालिकाबाट दश जना भन्दा बढि विद्यार्थी भएको विद्यालय छनोट गरि पहिलो चरणमा कक्षा ४ मा अध्यापनरत विद्यार्थीहरुको आधारभुत सर्वेक्षण गरिने छ।

 दोस्रो, तेस्रो चरणमा जिल्लाका सबै विद्यालय समेटीने गरि काम गर्ने रातको भनाई छ।  शिक्षाको अवस्था कमजोर हुनुमा शिक्षक को मात्र दोस नभई अभिभावकले पनि आफ्नो बालबालिकाको पढाई कस्तो छ, भनी विद्यालयमा अनुगमन गर्न जानु पर्ने, र शिक्षामा सुधार ल्याउन शिक्षक र अविभावकको महत्वपूर्ण भूमिका हुने शिक्षा विकास तथा समन्वय इकाई, दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले बताए । स्थानीय तहमा रहेका शिक्षा अधिकृतहरूले आफ्नो अधिकार प्रयोग नगरी अरुलाई दिएको र शिक्षाको क्षेत्रमा खासै चासो नदिएको अबस्थामा दैलेख लाई छनोट गरि काम गर्न खाजेकोमा धन्यवाद दिदैँ आवश्यक परेको ठाउँमा आफ्नो सँधै साथ रहने जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले बताए ।

तपाईको प्रतिक्रिया