सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिका नदेखिएको समितिको निष्कर्ष

काठमाडौँ । सहकारीको रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष समितिले सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिका नदेखिएको निष्कर्ष निकालेको छ। सोमबार बिहान पौने ३ बजे सकिएको छानबिन समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

प्रतिवेदनको अन्तिम निष्कर्षकालागि आइतबार ३ बजेदेखि छलफलमा जुटेको समितिको बैठकले सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको भूमिका नदेखिएको निष्कर्ष निकालिएको एक सदस्यले बताए ।

प्रतिवेदनको मुलभुत कुरामा सहमति जुटेको छ। सहकारीबाट बचतकर्ताको रकम गोरखा मिडियामा ल्याउने भूमिकामा रवि लामिछानेको संलग्नता पुष्टि भएनू ति सदस्यले भने  तर, गोरखा मिडियामा आएको रकमको परिचालन सम्बन्धमा भने रविलाई पनि जिम्मेवार बनाउने कुरा प्रतिवेदनमा उल्लेख छ। ती सदस्यका अनुसार गोरखा मिडियामा आएको रकम संस्थाको तत्कालीन सञ्चालक हस्ताक्षरकर्ताको रुपमा उहाँ पनि रहेका कारण उहाँलाई जिम्मेवार बनाउन पर्ने भए कानुनअनुसार गर्नु भन्ने विषय प्रतिवेदनमा उल्लेख छ।

ती सदस्यकाअनुसार सहकारीको रकम अपचलन गरेर गोरखा मिडियामा आएको कुरामा जीवी राई, छविलाल जोशी र कुमार रम्तेल संलग्न रहेको पुष्टि भएको छ । तर, गोरखा मिडियामा सो रकम समेत तलब लगायतमा परिचालनमा मात्रै रवि लामिछाने संलग्न रहेको छानबिनमा देखिएको र सोही आधारमा उनलाई जिम्मेवार बनाउन प्रतिवेदनमा भनिएको हो ।

आफैँले सहकारीबाट बचतकर्ताको रकम गैरकानुनी ढङ्गबाट गोरखा मिडिया वा आफ्नै खातामा ल्याएको र त्यसको अपचलन गरेको भन्ने कुरा समितिले गरेको छानबिनमा नदेखिएको छानबिन समितिको निष्कर्ष छ।

यस्तै समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा भने संलग्न रहेको ठहर्‍याएको छ । उनीमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया