दलित अधिकार माग्दै दैलेखमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 दैलेख ।  दलित पत्रकार संघ नेपाल दैलेख शाखाले जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार दलित पत्रकार सघ नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा संबिधानमा उल्लेख गरिएका दलितका अधिकार दलितले पाउनु पर्ने बिषयमा अन्तरक्रिया गरिएको हो।

कार्यक्रमाका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभाका सदस्य उर्मिला बिश्वकर्माले राज्यले दलितका हक अधिकार संबिधानमा दिए पनि व्याहारमा लागु नगरेको बताइन। ‘दलित समुदाय उहिलेदेखि पछाडि पारिएको समुदाय हो, यही समुदायको उत्थानको लागि गरिएन भने राज्यको लगानी कहाँ गइरहेको छ, खोजी हुनुपर्ने बेला आएको टिप्पणी समेत गर्नुभयो ।

शाखाका अध्यक्ष कृष्ण सुनारले कार्यक्रम सफल बनाउन सबैको साथ सहयोग रहेको र अगमि दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । दैलेख सदरमुकामको गणेश चोकबाट रेयाली सहित बजार परिक्रमा गरि जिल्ला समन्वयको हलमा कार्यक्रम गरिएको सुनारले जानकारी दिए। दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की, जिल्ला समन्वय समितिका सदस्य पूर्णा बिक, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी, भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारी, महाबु गाउँपालिका–१ का वडाध्यक्ष सर्वराज सार्की, नारायण नगरपालिका–८ वडा सदस्य सुनकला नेपाली लगायतका जनप्रतिनिधिहरुले नागरिकहरुका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रेम कटुवाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जंगबहादुर शाही, राप्रपाका जिल्ला उपाध्यक्ष रणबहादुर सिंह, नेमकिपाका जिल्ला सदस्य रत्नेश श्रेष्ठले बोलेका थिए। कार्यक्रमा ११ वटै पालिकाका जनप्रतिनिधी, दलित अगुवा , पत्रकार लगाएतको सहभागिता रहेको थियो भने ,कार्यक्रम संचालन हर्क नेपालीले गरेका थिए।

तपाईको प्रतिक्रिया