कुन–कुन सडक खुले रु कुन अझै अवरुद्ध

काठमाडौँ,। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएका छन ।

प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुलेपनि जाम रहेको अवस्था छ ।चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुने रहेका छन ।

हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन–पोखरा–बाग्लुङ सडक, हेटौँडा–पथलैया–जनकपुर सडक, बर्दिबास–कोशी ब्यारेज–इटहरी सडक, इटहरी–दमक–काँकडभित्ता सडक खुला भएका छन ।

यसैगरी, बुटवल–नेपालगञ्ज–धनगढी, नेपालगञ्ज–सुर्खेत–दैलेख, नेपालगञ्ज–चिसापानी–धनगढी र काठमाडौँ–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड खुला भएका छन ।

कुन–कुन अवरुद्ध छन् रु
सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा पहिरोका कारण काठमाडौँ–धुलिखेल–सिन्धुली सडकखण्ड अवरुद्ध छन ।

टीकाभैरवमा गएको पहिरोका कारण ललितपुर–हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे–तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौँ–बल्खु–सिस्नेरी सडक अवरुद्ध छन ।

प्रहरीले यात्रामा निस्कन अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न सकिने जनाएका छन ।

तपाईको प्रतिक्रिया