सुर्खेत । सुर्खेतका टिकाराम ढकालको दसैँ गित ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक भएको छ । हाल बैदेशिक रोजगार बोर्डका निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत ढकालको सिर्जनामा उक्त गित सार्वजनिक भएको हो ।
गितमा टिकाराम ढकालको शव्द,नेपाल आइडलका विजेता करण पिरियारको स्वर रहेको गीतमा विपि वाग्लेको संगित रहेको छ । घरपरिवार छोडेर धन कमाउन परदेशीएका युवाहरुको दशैतिहारमा हुने पिडाको कथा समावेश गरिएको छ ।
गितमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाललगायत कलाकारको अभिनय छ। ओएसआर डिजिटलको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
नेपालीरैबार । २०८१ आश्विन १९, शनिबार