यस वर्षको मनसुन कर्णाली र सुदूरपश्चिम प्रदेशबाट बाहिरियो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै अनेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको छ । नुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ।

आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको महाशाखाले जनाएको छ ।

मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ। नेपालबाट सरदर अक्टोबर २ तारिखबाट मनसुन बाहिरिन्छ । यस वर्ष गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो।

तपाईको प्रतिक्रिया