दैलेख : जात्रामा सहभागी हुन जान लागेको फोर्स गाडी दुर्घटना

सुर्खेत । पश्चिम दैलेखको सात्तला भन्ने ठाउँमा लाग्ने भैलो जात्रामा सहभागी हुन जान लागेको एक फोर्स गाडी दुर्घटनामा परेको छ । आठबिस नगरपालिका–१, को चिने जीउला भन्ने ठाउँमा बिहीबार पौने ६ बजेतिर दुर्घटनामा परेको हो ।

अस्थाई प्रहरी पोष्ट सिगौडीका प्रहरी निरीक्षक सम्मरबहादुर रानाका अनुसार बिहीबार बेलुका कोजाग्रत पुर्णिमाको दिन सात्तलाम ठुलो भैलो जात्रा लाग्ने गर्दछ । कर्णाली प्रदेश ०२–००१ ख १००१ नम्बरको फोर्स गाडी दैलेखकै जम्बुकाँधदेखि उक्त जात्रा हेर्न जाने यात्रुहरु बोकेर गएको थियो ।

११ जना सवार रहेको गाडीमा दुई जना गम्भीर घाइते भएको कुरा आएको रानाले बताए । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया