रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौंमा ठुलो विरोध प्रदर्शन हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै रास्वपाले काठमाडौंको माइतिघरमण्डलमा आज दिउँसो १ बजे विरोध प्रर्दशन गर्ने जनाएको छ । यस्तै पोखराको चिप्लेढुंगामा बिहान ११ बजेबाट विरोध प्रर्दशन गर्ने रास्वपाले जनाएको छ ।


सहकारी ठगीका विषयमा सभापति लामिछानेलाई पक्राउ गरेपछि रास्वपाका नेता कार्याकताले देशैभर विरोध प्रदर्शन गर्न लागेको रास्वपाका एक नेताले बताए । शुक्रबार पक्राउ गरि पोखरा लैजाने क्रममा राजमार्गका विभिन्न ठाउँमा ठुुलो सख्यामा उपस्थित भएका समर्थकहरुले रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए ।

मुग्लीन बजारमा प्रदर्शनमा उत्रिएका समर्थकहरुलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो । अहिले सामाजिक संजालमा समेत रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध भैरहेको छ ।

तपाईको प्रतिक्रिया