कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटनामा परेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड शनिबार पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको रावतले बताए । ‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएको छ,’ उनले भने, ‘गाडीका कागजात नभेटिएकाले हालसम्म चालकको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया