सुर्खेतमा भेरीगंगा नयाँ शहर कार्यालयको शिलान्यास

सुर्खेत। सुर्खेतमा भेरीगंगा नयाँ शहर कार्यालयको शिलान्यास गरिएको छ । आईतबार नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले सो कार्यालयको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले कार्यालय भवन समयमै सक्न निर्देशन दिए। उनले भने, भेरीगंगा नयाँ शहर देशभर बन्न लागेको शहर मध्य एक उत्कृष्ट शहर हो । यो शहर कर्णाली मात्र नभई पश्चिम नेपालमै ठुलो सहर बन्ने उनको भनाइ थियो ।


उहाँले आगामि २५ वर्ष सम्ममा सुविधा सम्पन्न शहर बनाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिवद्दता व्यक्त गरे । नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये भेरीगंगा आधुनिक सहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि तिव्र गतिमा काम गर्न आयोजनालाई आग्रह गरे ।

उनले शहरी आयोजनासँग समन्वय नगरी जथाभावी बाटो निर्माण नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । नदीको किनारमा ठूला सडक खन्ने काम नगर्नुहोस्, बरु सहरी आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,’ खड्काले भने,

पुर्व उपप्रधानमन्त्री समेत रहेका खड्काले अहिले अर्थतन्त्रमा परेको असरका कारण निर्णाण कार्यका कामहरू सुस्त गतिमा भईरहेको बताए । उनले अर्थतन्त्र कमजोर भएको कारण निर्वाचनको बेला मतदातामा गरेका बाचा पूरा गर्न बाधा भईरहेको बताए।

नेता खड्काले सरकारले ऋण उठाएर तलब खुवाउनुपर्ने बाध्यता रहेको भन्दै नयाँ शहरको बजेट सुनिश्चिता भईसकेको हुनाले समयमै सम्पन्न गर्ने ठेकदार कम्पनीलाई आग्रह गरे । यो शहरलाई तीन पालिका जोडेर नमुना उपत्यका शहर बनाईने छ ।

नयाँ शहर आयोजनाको उप निर्देशक लिला काफ्लेले देशभर बन्न लागेका १२ शहर मध्य पर्यटकिय सम्भावना भोकेको शहर भेरीगंगा बन्ने बताए ।

कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर (१) क र ख का प्रदेश सभा सदस्यहरू, लेकवेशी, भेरीगंगा, गुर्भाकोट नगरपालिकाका प्रमुखहरू उप प्रमुखहरूले भवन निर्माण काम समयमै अर्थात १८ महिनामै सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया