सुर्खेत । ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगले बेत तथा बाँसका फर्निचरहरुको उत्पादन र बिक्री शुरु गरेको छ । उद्योगले वीरेन्द्रनगर खोर्केलाइनस्थित शोरुम शनिबार सञ्चालनमा ल्याएको हो ।
शोरुममा बेत तथा बाँसका विभिन्न फर्निचरहरु छन् । ग्रीन कर्णाली कन्सल्टेन्सी एण्ड टे«निङ सेन्टरले स्थानीय जनशक्तिको परिचालन गरी बेत बाँसका सामानहरु उत्पादन गर्दै आएको छ । उद्योगका सञ्चालक लक्ष्मी भट्टराईले घर कार्यालय सजावट, होटल, बगैंचा, भान्साघर जस्ता स्थलमा प्रयोग गर्न सकिने विभिन्न प्रकारका फर्निचरहरु उपलब्ध रहेको बताइन् ।
दिगो पर्यावरणमैत्री विकल्पका रुपमा बेत बाँसका सामानहरु प्रयोग गर्नु राम्रो हो,” उनले भनिन्, “यो काठका फर्निचरभन्दा टिकाउ एवं दिगो छ, हल्का वजनको हुन्छ, ताजा देखाउन नियमित स्प्रे पनि गर्न सकिन्छ ।
सजिलै कर्णालीका भूगोलमा पाइने, सोझो, सहज ल्याउन सकिने, बुट्टा निकाल्न सकिने र सामान्य ज्यावल प्रयोग गरेर पनि उपयोगमा ल्याउन सकिने ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगले जनाएको छ । उद्योगका सञ्चालक लक्ष्मी भट्टराई, सुष्मा गिरी र सिर्जना वलीले शोरुम सञ्चालनमा ल्याएका हुन् ।
नेपालीरैबार । २०८१ कार्तिक १०, शनिबार