सुर्खेत । दैलेखको नौमुले गाउँपालिका उपाध्यक्ष गंगबहादुर शाहीले केटि लगाएर कर्मचारीलाई फसाउने धम्कि दिएका छन् ।
उपाध्यक्ष शाहीले भ्रमण गरेर फर्किने क्रममा सुर्खेतदेखि दैलेख नौमुले बाटोमा मापासे सेवन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने सब इन्जिनियर विवेकप्रसाद रेग्मीलाई हातपात गर्नुका साथै फसाउने धम्कि दिएको आरोप छ ।
‘केटि लगाएर तँलाई फसाउँछु भन्ने जस्ता धम्की दिनुका साथै म माथि हातपात पनि गरे’ पीडित रेग्मीले भने, ‘यसरी मलाई बारम्बार टर्चर दिइरहनुभएको छ । तेरो जागिर पनि फाल्छु । तँ को होस् के गर्न सक्छन् ? भन्ने जस्ता धम्कि दिनुभएको छ ।’
आफ्नो विना गल्ती हातपात गर्दै उपाध्यक्ष शाहीले केटी लगाएर फसाउँछु भनेको आरोप लगाउँदै पीडित रेग्मीले मिडिया गुहारेका हुन् । यसबारे यता उपाध्यक्ष शाहीसँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन । उनको मोबाइल अफ गरिएको छ ।
नेपालीरैबार । २०८१ कार्तिक ११, आईतवार