काठमाडौँ । बुधबार पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ ।
यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालीरैबार । २०८१ कार्तिक १४, बुधबार