सुर्खेत । सुर्खेतमा विहिबार (भोली) बृहत सांगितिक कार्यक्रम हुदैछ । यही कार्तिक २२ गते दिउँसो १ बजे कणाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सिटिहलको प्राङ्गणमा बृहत सांगितिक कार्यक्रम गर्न लागिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा बृहत सांगितिक कार्यक्रम गर्न लागिएको दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष कविराज गिरीले बताए ।
बुधबार बिहान भएको पत्रकार सम्मेलन मार्फत उनले कार्यक्रमबारे जानकारी दिएका हुन् । युवालयका सहयात्रा परियोजना संयोजक पुजा कार्कीका अनुसार परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगितहरूसबै सामु प्रस्तुत गर्न लागिएको हो । लोक संस्कृति जगेना गर्ने भनि चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, स्याउरे, कौडा नृत्य प्रदर्शन गर्ने र संगितको कक्षामा सिकेका पञ्चेबाजा, झ्याली, कनाल, सहनाई, दमाहा) पनि बजाएर सबै साम् प्रस्तु्त गर्ने तालिका रहेको उनले बताइन् ।
‘यस कार्यक्रमबाट युवाहरूले सिकेका कलाहरू आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल बुद्धि गर्न सकुन भन्ने हो । साथै, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न युवाका भुमिकालाई महत्वपूर्ण स्थान दिनका खातिर समेत यस कार्यक्रम आयोजना गरिएको हो’ कार्कीले भनिन्, ‘आगामी दिनमा उनीहरूले सिकेका कलालाई प्रदर्शन गर्दै आयआर्जनमा जोडिन टेवा पुगोस् भन्ने अपेक्षाका साथ यस कार्यक्रम गर्न लागिएको यहाँहरूलाई जानकारी गराउन चाहान्छौ ।’ यस कार्यक्रमलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा राखिएको परियोजना संयोजक कार्कीले बताइन् । उनका अनुसार किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको सस्था युवालयले राष्ट्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।
जसले युवाहरूको नयाँ र उदायमान सवालमा उनीहरूलाई चासो उत्सुकता जगाउने, युवाहरूका मुद्धालाई सामूहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र एवालाइ सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालतः तथा पैरवी गर्ने एक गैह्र सरकारी संस्था हो । युवा विकास गतिविधि र मुद्धाहरूलाई युवालयले प्रमुख दायित्वका रुपमा लिएर अगाडी बढिरहेको छ । हाल युवालयले, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका केहि पालिकाहररुमा युवा विकास गतिविधि गरिरहेको युवालयका अध्यक्ष धर्मराज रिमालले बताए ।
यसै अन्तर्गत “युवासँगको हाम्रो सहयात्रा “परियोजना कणालीको दैलेख (भगवतीमाई गाँउपालिका र दुईश्वर गांउपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदुरपश्चिमको चम्कीचुहा नगरपालिकामा सञ्चालन भइरहेको छ । यस परियोजनाले विशेषगरी स्थानीयस्तरमा रहेका मौलिक तथा लोक संस्कृति जगेनां गर्दै युवाहरूलाई आयआर्जनको क्षेत्रमा अग्रसर गराउन युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । जसका लागि स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाहरु लगायतसंग समन्वय तथा सहकार्य गर्दै विभिन्न मौलिक बाजा, संगित एवम् नृत्यहरूमा युवाहरूलाई अग्रसर गराउन मी सम्बन्धी लक्षा सञ्चालन गर्दै आइरहेको छ । यस परियोजनालाई कोरियाको भ्लतभचतबष्लmलभचल कम्पनी थ्न् भ्लतभचतबष्लmभलत) ले आर्थिक सहयोग गरेको छ भने अक्सफामले प्राविधिक सहयोग गरेको छ ।
नेपालीरैबार । २०८१ कार्तिक २१, बुधबार