
सुर्खेत । दैलेखबाट सुर्खेत फर्किदै गरेको फोर्स गाडी दुर्घटना परि मृत्यु भएका र घाइते भएकाहरुको पहिचान खुलेको छ ।
सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेमा दैलेख भैरवी गाउँपालिका बस्ने संगिता विष्ट,कर्ण बहादुर विष्ट र दिपिका महतरा तथा चालक तथा गाडी साहु सुरेश खत्रीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडीमा ३४ जना यात्रु सवार रहेका थिए । जसमा ४ जनाको मृत्यु भएको छ भने ३० जना यात्रु घाईते भएका छन् ।
यस्तो छ घाइतेको विवरण
१. नारायण नगरपालिका–४, दैलेखका २८ वर्षीय चन्द्र मल्ल ।
२. भैरबी गाउँपालिका–३, दैलेखका २८ वर्षीया जगतकुमारी बिष्ट
३. उनका दुई वर्षीय छोरा स्माईल आचार्य
४. उनकी छोरी ६ की छोरी स्मारिका आचार्य
५. भैरबी गाउँपालिका–३, दैलखका १२ वर्षीय राजन थापा
६. भैरबी गाउँपालिका–३, दैलेखका २१ वषीय प्रकाश बिष्ट
७. दुल्लु नगरपालिका–१२, का २६ वर्षीया चन्द्रा रावत
८. उनका छोरा सात वर्षीय सन्दिप थापा
९. भैरबी गाउँपालिका–१, की २२ वर्षीय सम्झना भण्डारी
१०. उनका छोरा १८ महिने युनिक बिष्ट
११. भैरबी गाउँपालिका–१०, की चन्द्रा रावत
१२. दुल्लु नगरपालिका–६, की १९ वर्षीय सुजता रावत
१३. दुल्लु नगरपालिका–६, की नौ की बिहानी केसी
१४. नाम थर वतन नखुलेको १५ महिनाका बालिका
१५. वीरेन्द्रनगर–८, की ३४ वर्षीया कृष्णा थापा
१६. उनका चार वर्षीय छोरा राजन थापा
१७. उनकी ११ वर्षीया छोरी अबिक्षा थापा
१८. भैरबी गाउँपालिका–१, की १८ वर्षीया तुल्सी थापा
१९. भैरबी गाउँपालिका–२, की २३ वर्षीया लाल कुमारी बिष्ट
२०. भैरबी गाउँपालिका–२, की २२ वर्षीया पुष्पा खड्का
२१. नारायण नगरपालिका–४, का २५ वर्षीय बालाराम रेग्मी
२२. महाबु गाउँपालिका–३, का २५ वर्षीय सोवर्ण शाही
२३. भैरबी गाउँपालिका–२, का १७ वर्षीय घनश्याम बिष्ट
२४. महाबु गाउँपालिका–३, का २० वर्षीय प्रकाश बुढा
२५. भैरबी गाउँपालिका–१, की ३१ वर्षीया रमा बिष्ट
२६. भैरबी गाउँपालिका–३, की २० वर्षीया कमला बिष्ट
२७. महाबु गाउँपालिका–३, का १६ वर्षीय हरी रावल
२८. भैरबी गाउँपालिका–१, की २७ वर्षीया सुजता खत्री
२९. वीरेन्द्रनगर–३, का २१ वर्षीय सौगात मल्ल
३०. भैरबी गाउँपालिका–५, का ३० वर्षीय कमल नेपाली

नेपालीरैबार । २०८१ कार्तिक २३, शुक्रबार