सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने भएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दिक्षान्त समारोहमा सहभागी हुन २८ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउने भएका हुन । गत भदौ २३ गते हुने प्रथम दिक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दिक्षान्त समारोह स्थगित भएको थियो ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार दिक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली आउने भएका छन । कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई दिक्षित गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिष्ठानको नवनिर्माण भएको शैक्षिक भवन उद्घाटन गर्ने सहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री जुम्ला आउने जानकारी गराइएको छ । दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बद्री पाण्डे, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत आउने कार्यक्रम छ ।
कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा। डबलबहादुर धामीका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना रहेका छन् ।
गत भदौं २३ गते प्रधानमन्त्रीको व्यस्तताको कारण दिक्षान्त समारोह स्थगित गरी कात्तिक २८ गते तोकिएको निर्धारित कार्यक्रम भएको उपकुलपति डा। रावलले जानकारी दिनभयो । भदौं २३ मा दिक्षान्त समारोह हुन नसक्दा चौतर्फी आलोचना समेत भएको थियो । दिक्षान्त समारोहका लागि तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
नेपालीरैबार । २०८१ कार्तिक २५, आईतवार