देउती बज्यै मन्दिरका पुजारी मन्दिरमै मृत फेला, अनुसन्धान गर्दे प्रहरी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरमा एक महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा सोही मन्दिरका पुजारी वीरेन्द्रनगर नगरपालिका–११ बस्ने रुद्रबहादुर राजीकी श्रीमती अन्दाजी वर्ष ५१ की सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी मन्दिरको मुल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुण्डिएकोमा अवस्थामा आज  बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु । हामीलाई घटनाको जानकारी बिहान ५ बजेतिर आएको थियो । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन् । तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ।,’ उपरीक्षक खड्काले भने, ‘बाँकी अनुसन्धान हुँदैछ । अनुसन्धानबाट घटनाको बारेमा थप जानकारी आउला ।

उनकाअनुसार प्रहरीले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ । प्रहरी उपरीक्षक खड्काका अनुसार सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ । पुजारी नै मृत अवस्थामा भेटिएपछि आज बिहानैदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य अस्थायी रूपमा रोकिएको छ ।

तपाईको प्रतिक्रिया