महाबुमा माओवादीबाट जंग बहादुर बराल बने अध्यक्षका उम्मेदवार

सुर्खेत । नेकपा माओवादी केन्द्रले जंग बहादुर बराल लाई दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारसँग चुनाव भिड्ने भएका छन् ।

माओवादी केन्द्रले जंग बहादुर बराल लाई महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएपछि चुनाव प्रचारप्रसार कार्य तिब्र पारिएको छ । पालिकाको विकासका लागि आफुलाई मत दिन अनुरोध गर्दै जंग बहादुर बरालले मतदाता रिजाउने कार्य तिब्र पारेका हुन् ।

महाबुवासीले आफुलाई मत दिएर जिताउने बरालले आशा लिएका छन् । अन्य दलका उम्मेदवार भन्दा आफुप्रति मतदाता सकरात्मक रहेको भन्दै आफ्नो पक्षमा भोट दिने उम्मेदवार बरालको भनाइ छ । लामो समयदेखि राजनिति गतिविधि मार्फत नागरिकको सेवामा सक्रिय रहेका बरालप्रति महाबुवासी पनि सकरात्मक देखिएकाले चुनावी माहोल बरालकै पोल्टामा पर्ने देखिन्छ ।

दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । २०७९ साल माघमै अध्यक्ष लछुमन गुरुङको निधन भएपछि उपनिर्वाचनमार्फत पदपूर्ति गरिन लागेको हो । सो गाउँपालिकामा अहिले उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेकी छन् ।

२०७८ को जनगणनाअनुसार १८ हजार ५९ जनसंख्या भएको यो गाउँपालिकामा १२ हजार २१७ मतदाता रहेका छन् । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । महाबु गाउँपालिकाका ६ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुँदै ३ वटा वडामा विजयी भएको थियो भने एक वटा वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो ।

माओवादी केन्द्रले दुई वटा वडामा अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेले एउटा वडामा क्लिनसिप गरेको थियो । माओवादी केन्द्र वडाध्यक्ष जितेको एउटा वडामा कांग्रेसले सदस्यमा क्लिनसिप गर्दा एउटा वडामा माओवादी केन्द्र एउटा वडा सदस्य र एकीकृत समाजवादीले दुईवटा वडा सदस्यमा जितेको थियो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लछुमन गुरुङ चार सय ६० मतान्तरले निर्वाचित भएका थिए । गुरुङले दुई हजार नौ ७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले दुई हजार पाँच १९ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया