समृद्धि कर्णाली र विकास हाम्रो साझा चाहना हाे : मुख्यमन्त्री कँडेल

सुर्खेत । मुख्यमन्त्री यामलाल कँडेलले समृद्धि कर्णाली र विकास साझा चाहना भएको बताएका छन । कर्णाली प्रदेश सरकारले थालेका विकास गतिविधिको बारेमा जानकारी तथा सरोकारवाला पक्षसँगको अन्तरक्रियाका लागि दैलेख आइपुगेका मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन ।

तिनै तहको सरकारले आ–आफ्नो तप्काबाट काम गरेको भए पनि प्रदेश सरकारबाट केही नभएको जस्तो सञ्चार भइरहेको प्रति सङ्केत गर्दै आवश्यक सुधारको प्रयास जरुरी भएको रहेको बताएका छन । प्रदेश सरकारको गतिविधिलाई थप प्रभावकारी बनाउनका लागि नीति तथा कार्यक्रमबाटै पास भएर आएका योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधिसहित कर्मचारीको भूमिकाले महत्त्व राख्ने भन्दै कँडेलले आ–आफ्नो तहबाट जिम्मेवारी पुरा गर्नुपर्ने जिकिर गरेका छन ।

पछिल्लो समय दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना, अत्यधिक महँगो यात्रा, रुट प्रमिटको विषयमा पत्रकारले राखेको जिज्ञासामा उत्तर दिँदै सवारी धनीको मात्र नभएर यात्रु समेत जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिएका छन ।

प्रदेश सरकारबाट निर्माणाधीन अवस्थामा रहेको पुराना र अलपत्र योजनालाई सम्पन्न गरेर आवश्यक बजेट समेत प्रबन्ध गर्दै नयाँ काममा लाग्ने योजना रहेको समेत मुख्यमन्त्री कँडेलले बताएका छन् ।

आयोजक समेत रहेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दैलेखका अध्यक्ष तथा कार्यक्रमको अध्यक्षतामा यज्ञराज थापाले पारस्परिक जबाफदेहिता बिना सम्बन्ध मात्र नभएर योजना पनि अलपत्र पर्ने र बढ्दै जाने तिक्तताले व्यवस्था माथि नै प्रश्न उठ्ने गरेकाले सार्वजनिक सरोकारको विषयमा आम नागरिकप्रति सबै जबाफदेही हुनुपन समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया