दीक्षान्त समारोहमा ५८ विद्यार्थी दीक्षित, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक पर्ने गुणस्तरीय सेवा, सुविधा दिन सरकार प्रतिबद्ध : केपी ओली

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा देशमा मात्र नभई विदेशमा समेत चर्चा हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘यसको महत्त्व धेरै छ, अहिले विदेशमा समेत यसको चर्चा हुने गरेको छ,’ ओलीले भने, ‘कर्णाली अगाडि बढ्दै छ । कर्णालीवासीले घरमै सेवा पाउनुभएको छ ।’


त्यस्तै, उनले प्रतिष्ठानलाई आवश्यक पर्ने गुणस्तरीय सेवा, सुविधाहरू दिन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् । दीक्षान्त समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् भने प्रतिष्ठानको नयाँ भवनको उद्घाटन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया