कठमाडौ । कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले जिल्ला समन्वय समितिबाट पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उहाँको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन् । नेपाली कांग्रेसबाट उहाँ दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित भएका थिए ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।
नेपालीरैबार । २०८१ कार्तिक २९, बिहीबार