नलगाडको उपमेयरमा ४ जनाको मनोनयन, दर्ता समय अपरान्ह ५ बजेसम्म

सुर्खेत । जाजरकोट नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् ।

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार दिउँसोसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, रास्वपाबाट पार्वती पुन र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताको समय अपरान्ह ५ बजेसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया