काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सले आइतबार अभिनेता दयाहाङ राईलाई सद्भावना दूत नियुक्त गरेको छ ।
विराटनगर किङ्ग्सका सहमालिक बेङ्कटेस मुन्द्राले एक कार्यक्रमबिच दयाहाङलाई आधिकारिक रूपमा सद्भावना दूतका रूपमा रहने घोषणा गरे । विराटनगर र दयाहाङसँगको सम्झौता एक वर्षको हुने छ ।
अभिनेता राईले यस अवसरका लागि विराटनगर किङ्ग्सलाई धन्यवाद दिए । उनले भने, “एनपिएल तटस्थ भएर हेर्ने योजना थियो । यद्यपि अहिले विराटनगरसँग जोडिएको छ । क्रिकेटले हामी सबैलाई नै जोडेको छ । विराटनगरमा आबद्ध हुन पाउँदा म खुसी भएको छु ।”
विराटनगर किङ्ग्समा नेपालका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी हुन । प्रमुख प्रशिक्षकमा आयरल्यान्डका केभिन ओब्रायन रहेका छन् ।
नेपालीरैबार । २०८१ मंसिर ३, सोमबार