सुर्खेत । यहाँको बराहताल गाउँपालिकाले अब वडाबाटनै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष भिम भण्डारीले वडाबाट नै उक्त भत्ता वितरण गर्न सुरु गरिएको बताए ।
उनका अनुसार यसअघि विभिन्न कानुनी जटिलता थिए । त्यसलाई फुकाउँदै वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको उनले बताए ।
सोमबार वडा नम्बर ४ बाट उक्त कार्यको थालनी भएको उनको भनाइ छ । ‘क्रमश अन्य वडाहरुमा पनि यसैगरी वितरण गरिने छ,’ उनले भने ।
नेपालीरैबार । २०८१ मंसिर ३, सोमबार