“जिन्दगी नाम गरेको विमानस्थल छ मेरो”

 सोनु खड्का
सानिभेरी गाउँपालिका ०१
रुकुम पश्चिम

सोचेजस्तो कामकाज, अवतरण नभएको
कहिल्यै हाँसोको राज, अवतरण नभएको
जिन्दगी नाम गरेको विमानस्थल छ मेरो
खुसी नामको जहाज, अवतरण नभएको

बर्षौ बर्ष सम्मलाई सम्झौता गरे जसरी
धोका जालझेलको नजिक सरे जसरी
दुनियाँ भरीलाई धोका दिदैँ हिडेकी रहेछ्यौ
आफुलाई नै धोका दिने टेन्डर परी जसरी

बन्छ मुटु भरी नमेटिने खत भनिराख्न पर्छ र
सम्झिएर बस्नुपर्ने बस्छ आदत भनिराख्न पर्छ र
म नभए तिम्रो के हाल होला भनी सोध्यौ तिमिले
रानी बिनाको मौरीको हालत भनिराख्न पर्छ र

किन गरिहेको तेरो मेरो ,तिमी तिर पनि फर्कीएला
दुख्ने दुखाउने सेरोफेरो ,तिमी तिर पनि फर्किएला
म पिरमा पर्दा हासेरै उडाउन खोज्ने ए दुनियाँ
पर्ख कुनैबेला दुखको घेरो,तिमी तिर पनि फर्कीएला

यो मनको कुरा त्यो मनमा सेरिन पाए
यी सबै दुखहरु खुसिमा फेरिन पाए
ए प्रिया चैनको श्वास लिन पाईथ्यो होला
मज्जाले तिम्रो त अंगालोमा बेरिन पाए

तपाईको प्रतिक्रिया