रुकुम । एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कर्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उनका अनुसार दाउराले टाउकोमा हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।
सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।
प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएकोे छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालीरैबार । २०८१ मंसिर ४, मंगलवार