काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ ।
सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता होविन्द्र बोगटीले प्रसाईँलाई भक्तपुरस्थित निवासबाट मङ्गलबार पक्राउ गरिएको जानकारी दिए ।
प्रवक्ता बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ ।
प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।
नेपालीरैबार । २०८१ मंसिर ४, मंगलवार