रमिता खड्का
सानिभेरि गाउँपालिका ०१
मुक्तक रुकुम पश्चिम ।
को आफ्नो को पराइ चिन्न सकिएन
र त आफ्नै मनलाइ उछिन्न सकिएन
दिनहुुँ जसो महङ्गि बढ्दै छ बजारमा
नुन तेल नहुँदा घरमा किन्न सकिएन
उमेर बढ्छ दिनदिनै जवान भैयो अब
बालापन सकिए संगै जवान भैयो अब
बाआमा बुढा हुनुहुन्छ, दाइभाइ छुटिए
छन् जिम्मेवारी बढ्दै जवान भैयो अब
आशा देखाइ नजिक बन्ने सुरुसुरुमा हो
चन्द्रमा हेर्ने ताराहरू गन्ने सुरुसुरुमा हो
बिस्तारै बोल्दै जादा दिक्क लाग्न थाल्छ
तिमी छौँ र पो म छु भन्ने सुरुसुरुमा हो
खुसी भै बाचौला भएनी पिरमा के छ बिचार
भोग्नेछु परेको जति तक्दिरमा के छ बिचार
यी आफन्ती भन्ने कसैले थाहा नपाउने गरि
सुटुक्क भागम यहि मंसिरमा के छ बिचार
सुम्पिदिन्छु यो जवानी हुन्छ कि नाइ
तिम्रो हात मेरो सिरानी हुन्छ कि नाइ
बरु आए पनि सुखदुःख संगै सहुला
बन्न मन छ तिम्रै सानी हुन्छ कि नाइ
मायाको नाटक गरि धोका दिने हौं कि
मनले भन्छ घरीघरी धोका दिने हौं कि
म अनाथ जस्तै छु आफन्तहरू हुदाहुदै
वचन लाउदै नानाथरी धोका दिने हौँ कि
नेपालीरैबार । २०८१ मंसिर ५, बुधबार