
सुर्खेत । कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अन्तरप्रदेश सडक निर्माणलाई निरन्तरता दिएको हो ।
चार स्थानमा अन्तरप्रदेश सडक निर्माणका काम भइरहेका छन् । उक्त सडक निर्माणको कामलाई निरन्तरता दिन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाइने प्रदेश सरकारले जनाएको छ । उक्त सडक अन्तर्गत मुलपानी–रानीघाट, तेलपानी भुरीगाउँ सडक, कालीकोट, लालु, लैफू–कोटबाडा, रास्कोट, रामारोशन सडक, रारा, सेरी सुकाढिक, धुराचौर बाजुरा सडक, सल्यान खलङ्गा, कालीमाटी, घुइयाँबारी काप्रेचौर, खर्कवार कोहलपुर सडक स्तरोन्नतिको काम गरिने छ ।
यो वर्ष सरकारले अन्तरप्रदेश सडक निर्माण योजनालाई प्राथमिकतामा राखेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ३९ करोड बजेट विनियोजन गरिएको छ ।

नेपालीरैबार । २०८१ मंसिर ७, शुक्रबार