
सुर्खेत: कवि उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वाङ्गमय चौतारी नेपाल, सुर्खेतको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कवि आचार्यले इतिहास “साँक्षी छ” र “महाभूल” शीर्षकका दुई वटा कविता वाचन गरेका थिए । आचार्यकै “भूँइचालो” शीर्षकको कविता स्रष्टा मीनराज पन्तले वाचन गरेका भने चौथो “मृत्युवरण“ शीर्षकको कविता सर्जक आफैले वाचन गरेका थिए । उनको “चिसो खरानी” शीर्षकको पाँचौँ कविता स्रष्टा सीता यरीले वाचन गरेकी थिइन् भने “तमासा” शीर्षकको छैटौँ कविता सर्जक स्वयमले वाचन गरेका थिए । कविता वाचनका क्रममा प्रकाशक तिलक प्रसाद सुबेदीलाई आयोजक संस्थाका अध्यक्ष गणेशभक्त गौतमले माला, अबिर र दोसल्ला ओढाएर सम्मान गरेपछि कवि आचार्यले “सपना” शीर्षकको ७ औँ कविता वाचन गरेका थिए ।
मन्तव्यका क्रममा स्रष्टा, समालोचक डा.महेन्द्रकुमार मल्लले सुर्खेतका लागि नयाँ प्रयोग भएको र सर्जक स्रष्टाहरूका निम्ति यो कार्यक्रम अत्यन्तै लाभप्रदक रहेको धारणा राखेका थिए । स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत अग्रज वयोवृद्ध स्रष्टा लीलाधर गौतम र दर्जनौँ पुस्तकका लेखक, समालोचक प्राज्ञ डा.दीपक गौतम गरी दुई जना स्रष्टालाई फूलमाला, अबिर र दोसल्लासहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
वाङ्गमय चौतारी नेपाल, सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षता रहेको कार्यक्रममा अग्रज स्रष्टा लीलाधर गौतमको प्रमुख आतिथ्यता रहेका थियो । प्रमुख अतिथिले कार्यक्रमको उद्घाटन गरेपछि सरस्वती वन्दनासहित स्रष्टा, पत्रकार एवं ज्यो.खगेन्द्र अधिकारी “अमृत” ले स्वागत मन्तव्यद्वारा उपस्थित अतिथि स्रष्टाहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा पृथ्वीबहादुर सिंह, श्यामकृष्ण अधिकारी, नारायण कोइराला, धीरेन अनुपम, भीमा ढकाल, ज्ञान बहादुर नेपाली, युद्धविक्रम शाही, हरिलाल महतारा, माया थापा, पूर्णप्रसाद भण्डारी, पुष्कर भट्टराई लगायतका थुप्रै स्रष्टाहरूको सहभागिता रहेको थियो ।
मध्यपश्चिम विश्वविद्यलयमा आमसन्चार तथा पत्रकारिता विषयका उपप्राध्यापक भानुभक्त अधिकारीले संचालन गरेको कार्यक्रमको मिडिया पार्टनरका रुपमा भेरी एफ.एम.सुर्खेत रहेको थियो । अध्यक्ष गौतमले सर्जक आचार्यको “साविती वयान” शीर्षकको ८ औँ कविता वाचन गरेर कार्यक्रमको समापन गरेका थिए ।

नेपालीरैबार । २०८१ मंसिर १५, शनिबार