
काठमाडौँ । सफल चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले ‘महाभोज’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत आठौँ चलचित्र बनाउने घोषणा गर्दै कलाकार पनि सार्वजनिक गरेका हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपाललगायतको अभिनय रहने छ । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियसन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गर्ने भएका छन् ।
राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही अभियानमा आधारित रहने बताए । माघ १ गतेदेखि छायाङ्कन हुने चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

नेपालीरैबार । २०८१ मंसिर १८, मंगलवार