सुर्खेत । साझा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहल वीरेन्द्रनगर सुर्खेतमा उक्त साधारणसभा सम्पन्न भएको हो ।
सभामा सस्थाका सचिवबाट आ.व. २०८०।०८१ को प्रगति प्रतिवेदन तथा कोषाअध्यक्षबाट रु. १२ करोड ११ लाख ४५ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
यसैबिच, आ.व २०८०।०८१ मा उत्कृष्ट कारोबार गर्ने ४ जना सदस्यलाई सहकारी संस्थाले सम्मान समेत गरेको छ । संस्थामा कार्यरत बजार प्रतिनिधी इन्दा भण्डारी आ.व. २०८०।८१ मा उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् ।
सहकारी संस्थाका अध्यक्ष मदन बहादुर खड्काको अध्यक्षता रहेको सभामा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । सभाको संचालन संस्थाका नगद सहायक शिव रेग्मीले गरेका थिए ।











मनिसा गौतम । २०८१ मंसिर २२, शनिबार