बालबालिका विद्यालय जान किन आनाकानी गर्छन ? कारण र उपाय के छन् ?

बालबालिका भन्नाले नवजात शिशु देखि किशोरावस्थासम्मका मानिसलाई जनाउँछ । यसमा जन्मदेखि १८ वर्षसम्मका व्यक्तिहरू पर्दछन्, तर यसलाई परिभाषित गर्ने उमेर सीमा विभिन्न कानुनी, सांस्कृतिक, र सामाजिक सन्दर्भमा फरक हुन सक्छ । बालबालिकाहरू आफ्नो विकासको विभिन्न चरणमा हुन्छन्, जसमा शारीरिक, मानसिक, भावनात्मक, र सामाजिक रूपमा परिपक्व हुँदै जान्छन् ।

नेपालको संविधानले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ । संविधानले बालबालिकाको अधिकार र सुरक्षालाई सुनिश्चित गर्न विशेष प्रावधानहरू राखेको छ । बालअधिकार सम्बन्धी ऐन, २०७५ ले पनि १८ वर्षभन्दा मुनिका व्यक्तिहरूलाई बालबालिका भनेर परिभाषित गरेको छ । ऐनले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, र समग्र विकासका लागि कानुनी प्रबन्ध गरेको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार सम्बन्धी महासन्धि ९ग्ल्ऋच्ऋ० को पक्षमा हस्ताक्षर गरेको छ ।

नेपालको संविधानको भाग ३ धारा ३९ मा बालबालिका सम्बन्धी मौलिक हकको व्यवस्था छ । बालबालिकाले उचित स्थानमा उचित शिक्षा प्राप्त गर्न पाउनु उनिहरुको नै सर्गिक अधिकार हो । तर बालबालिकाहरु कहिलेकाँहीँ बिद्यालय जान आनाकानी गर्ने गर्दछन् । तपाईहरुलाई लाग्न सक्छ, आखिर किन बालबालिका विद्यालय जान आनाकानी गर्छन् ? आज मैले तपाईलाई बालबालिका विद्यालय जान नमान्नुको कारण र समस्या समाधानका उपाय उल्लेख गरेको छु । जुन देहायबमोजिम छन् :

१.शिक्षक वा साथीसँगको समस्या
      बालबालिका उसको शिक्षकसँग डराउने वा कुनै साथीसँग मनमुटाव भएको हुन सक्छ ।
२.नयाँ वातावरणको डर
      बच्चाहरु नयाँ वातावरणमा एड्जस्ट गर्न कठिनाई महसुस गर्न सक्छन्, विशेष गरी प्ले ग्रुप देखि कलास दुई, तिनसम्म
३.घरमा समय बिताउने इच्छा
 बलबालिकाले घरका अभिभावक वा परिवारका अन्य सदस्यहरुसँग समय बिताउन बढी रुचाएको पनि हुन सक्छ ।
४.अत्याधिक थकान वा निद्राको अभाव 
पर्याप्त निद्रा नपाएको वा धेरै थकान महसुस गरेको हुँदा बालबालिकाले विद्यालय जान झन्झटिलो ठानेको हुन सक्छ ।
५.भोजन वा स्वास्थ्यसम्बन्धी समस्या 
पेट दुख्नु, ज्वरो वा अरु कुनै शारीरिक असजिलोपन (जस्तैः कब्जियत वा अपच) का कारण पनि विद्यालय जान मन नलाग्न सक्छ ।
६.स्कुलमा हुने अतिरिक्त गतिविधिहरुबाट डर
 बिद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरु नाचगान, खेलकुद वा प्रस्तुती दिने गतिविधिहरु बलबालिकाले सहज महसुस गर्दैन ।
७.नयाँ नियम वा परिवर्तनको असर
विद्यालयमा नयाँ शिक्षक, नयाँ नियम वा कुनै नयाँ संरचना भएमा बालबालिकालाई त्यो स्वीकार गर्न गाह्रो हुन सक्छ ।
८.घरमा कुनै बिशेष घटना भएमा
घरमा नयाँ परिवर्तन (जस्तैः नयाँ पाहुँना आउनु, खेलौनाको आकषर्ण, घरमा अभिभावकको झगडा वा अभिभावकको साथको अधिक आवश्यकता महसुस भएमा)
९.अलगाउने डर
    सानो उमेरमा बालबालिकालाई अभिभावकबाट अलग हुने डर पनि हुन्छ । त्यसैले बालबालिका विद्यालय जान आनाकानी गर्न सक्छन् ।
१०.स्कुल जाने समयको दिनचर्या समस्याग्रस्त हुनु 
 बिहान उठ्ने प्रक्रिया धेरै हतारिएको वा तनावपूर्ण भएमा, उसले त्यो अनुभवबाट बच्न स्कुल जान नखोज्न सक्छ ।

अब बालबालिकालाई बिद्यालय जान कसरी प्रोत्साहित गर्न सकिन्छ । यसका उपायहरु प्नि यहाँ मैले उल्लेख गरिएको छ ।

१.उसको भावना बुझ्ने प्रयास गर्नुहोस्
        बालबालिकालाई सहज महसुस गराउदैँ खुला रुपमा सोध्नुहोस्, तिमिलाई स्कुल जान किन मन लाग्दैन ? भनेर उसको विचार र भावनाको सम्मान गर्नुहोस् ।
२.स्कुलका सकारात्मक पक्ष सुनाउने
स्कुलका रमाइला पक्षहरु (जस्तै, खेल, साथिहरु, नयाँ कुरा सिक्ने) को चर्चा गर्नुहोस् । उसलाई स्कुलसँग सम्बन्धित सकारात्मक कथा वा अनुभव सुनाउनुहोस् ।
३.शिक्षकसँग संवाद गर्नुहोस्,
शिक्षकसँग भेटेर बालबालिकाको विद्यालयको दिनचर्या र उसको व्यवहारबारे जानकारी लिनुहोस् । शिक्षकसँग मिलेर समस्या समाधानको उपाय खोज्नुहोस् ।
४.स्वास्थ्य समस्या समाधान
      यदि ऊ शारीरिक असजिलो महसुस गरिरहेको छ भने डाक्टरसँग परामर्श गर्नुहोस् । उसको खानपान र आरामको ख्याल राख्नुहोस् ।
५.डर हटाउन सहयोग
उसले कुनै विशेष डर (जस्तै, शिक्षक, साथी वा गतिविधि) अनुभव गरिरहेको छ भने त्यसलाई सम्बोधन गर्नुहोस् । उसलाई तिमि सक्छौ भन्ने आत्मविश्वास दिनुहोस् ।
६.साथीसँग समय बिताउन सहयोग गर्नुहोस्
       उसको नजिकका साथीहरुसँग स्कुल बाहिर पनि खेल्न वा भेटघाटको अवसर जुटाउनुहोस् । ऊ स्कुलमा साथीहरुसँग रमाउन सहज महसुस गर्छ ।
७. पुरस्कार र प्रेरणा
  स्कुल गएपछि उसलाई सानो उपहार, खेल्ने समय वा प्रशंसा दिनुहोस् । स्कुल जाने बानी बनाउँदा सकारात्मक प्रभावहरु देखाउनुहोस् ।
८.नियमित दिनचर्या तयार
         बिहानको समयमा व्यवस्थित र तनावमुक्त बनाउनको लागि पर्याप्त निद्रा र खानाको राम्रो व्यवस्था गर्नुहोस् । जसले स्कुल जानु एक सामान्य प्रक्रिया जस्तो देखिनुपर्छ ।
९.बिस्तारै स्कुल फर्काउने योजना
  यदि ऊ डराएको छ भने सुरुमा विद्यालयको छोटो समयका लागि मात्र पठाउने प्रयास गर्नुहोस् । बच्चाको मनोविज्ञान बुझ्दै क्रमशः समय बढाउनुहोस् ।
१०.विद्यालय जाने प्रक्रिया खेल जस्तो बनाउने
 स्कुल जाने कुरा रमाइलो बनाउनुहोस् । उसलाई स्कुलको लागि तयार हुने क्रममा खेल वा कथा जोड्नुहोस् । जस्तैः आज तिमी सुपरहिरो जस्तो स्कुल जानेछौँ । भनेर

निष्कर्ष :
यिनै उपायहरुसँग धैर्यता अपनाउनु नै उत्तम हुनेछ । बालबालिकालाई स्कुल जाने बानी बनाउनु एक प्रक्रिया हो । यसलाई माया, समर्थन र समयले यो समस्या समाधान गर्न सकिन्छ । यदि समस्या लामो समयसम्म रहे भने बाल मनोविज्ञानविद्सँग परामर्श गर्नुु उपयोगी हुनेछ । यो बिषय मेरो आफ्नो अनुभवले अध्ययनले पत्ता लगाएका बिषय भएका कारण तपाई सँग भने फरक उपाय पनि हुन सक्छ ।

लेखक : केशर पुन मगर

तपाईको प्रतिक्रिया