(मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेख खण्डको काम अन्तिम चरणमा पुगेको छ । दैलेख खण्डमा पर्ने १२५ किलोमिटर क्षेत्रमध्ये ठेक्का व्यवस्थापन भएको १२२.५ किलोमिटर क्षेत्रको काम अन्तिम चरणमा पुगेको हो । ठेक्का व्यवस्थापन भएको मध्ये हालसम्म आयोजना निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले जानकारी दिएको छ ।
पुष्पलाल (मध्यपहाडी राजमार्ग योजनाका योजना प्रमुख इन्जिनियर अञ्जु परियारले ठेक्का व्यवस्थापन भएका खण्डमध्ये करिब दुई किलोमिटर क्षेत्रमा मात्र काम हुन बाँकी रहेको जानकारी दिए । उनले दैलेख खण्डमा पर्ने आठ वटा पुल निर्माणको कामसमेत सम्पन्न भइसकेको र बाँकी रहेका दुई वटा स्थानको काम सम्पन्न गर्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको बताए । दैलेख जाहारकोट खण्डको तीन सय मिटरमा अदालतबाट मुद्दा परेर यथास्थितिमा काम अगाडि नबढाउनु भन्ने आदेशका कारण काम हुन नसकेको र बजार क्षेत्रको सनत मोडमा समेत विवाद भएका कारण काम हुन नसकेको हो ।
आयोजनाका अनुसार निर्माण भइसकेको ठेक्काको म्यादसमेत समाप्त भइसकेको अवस्थामा त्यसको पुनर्निर्माणका लागि मन्घर खण्डको सुयाडामा सडक भत्केका कारण पुनर्निर्माणको काम अघि ठेक्कासमेत लगाइसकेको जनाएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले दैलेखको समग्र विकासमा टेवा पु¥याएको छ । दैलेखको पूर्व मन्घरदेखि पश्चिमको साइखोलासम्म सडक निर्माणको काम सम्पन्न भएपछि दैलेख जिल्लाको विकासको मेरुदण्डका रूपमा स्थानीय नागरिकले समेत लिने गरेका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीना थापाले मध्यपहाडी राजमार्गले जिल्लाको विकासमा महìवपूर्ण फड्को मारेको बताएका छन् । यस्ता खालका सडक निर्माण गर्न नसक्न बताए । एउटा गौरवको आयोजनाले गाउँमा कालोपत्रे भएपछि नागरिकलाई समेत सहज बनाएको छ ।
अहिले गाउँमा उत्पादन भएको हिउँदे तथा नगदे बालीको बजारीकरण गर्नसमेत सहज भएको छ । राजमार्गको दैलेख खण्डका विभिन्न क्षेत्रमा साना बजारको विकास हुँदै गएको देखिन्छ । बजार विस्तारले ग्रामीण बस्तीका नागरिकले उत्पादन गरेका कृषि वस्तुलगायत अन्य सामग्री सहजै बिक्री गर्न पाएका छन् । यातायातका हिसाबले नागरिकलाई सहज बनाएको छ ।
नेपालीरैबार । २०८१ पुष १२, शुक्रबार