हुम्ला । सार्वजनिक सुनुवाइमा हुम्लाका सेवाग्राहिको उपस्थिति न्युन रहेको छ । जिल्लाका तीन पालिकाले आर्थिक वर्ष २०८०÷८१ देखि हालसम्म ती कार्यालयले सम्पादन गरेका कार्यक्रमबारे सेवाग्राहीलाई जानकारी गराउन आयोजना गरेको कार्यक्रममा सेवाग्राहिको उपस्थिती न्युन रहेको हो ।
जिल्ला प्रशासन कार्यालयले आव २०८०÷८१ देखि पुस १५ सम्म सेवाग्राहीका लागि सम्पादन गरिएका कामको लेखाजोखा गर्न आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीको उपस्थिति न्यून रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय र मालपोत कार्यालयले संयुक्त रूपमा आयोजना गरेका थिए । उनले जसका लागि कार्यक्रम आयोजना गरिएको थियो, तिनकै उपस्थिति हुन नसक्नु दुःखको कुरा भएको बताउँदै सेवाग्राहीको उपस्थिति कम भयो भन्दैमा यस्ता कार्यक्रम गर्न छाड्न नहुने बताएका छन् ।
नेपालीरैबार । २०८१ पुष २१, आईतवार