सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा वडा नम्बर ६ मा रहेको अपाङ्ग छात्रवासमा न्यानो कपडा वितरण गरिएको छ । एक कार्यक्रमका विच वागेश्वरि माविमा रहेका २३ जना अपांग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
डाक्टर नवराज केसिको आर्थिक सहयोगमा सो न्यानो कपडा वितरण गरिएको सिम्ता गाउँपालिकाका पुर्व अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए । न्यानो कपडा केसिले वागेश्वरि माविको अपाङ्गता छात्रवासमै पुगेर हस्तान्तरण गरेका थिए ।अत्यधिक चिसो वढेसँगै विद्यार्थीलाई न्यानो कपडाको जोह गरि वितरण गरिएको हो ।
मानव सेवा आश्रम (मानव मन्दिर) निर्माण समिति मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीको पहलमा न्यानो कपडा अभियान अन्तर्गत केसि आफैले स्थापना गरेको अपाङ्ग छात्रबासका छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपालीरैबार । २०८१ पुष २२, सोमबार