नागरिक जनजीविकाका सवालमा केन्द्रित छौं : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले नागरिकका जनजीविकाका सवाललाई केन्द्रित गरेर काम गरिहेको बताएका छन् । प्रेस युनियन सल्यानले जिल्लाको खलङ्गामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका छन् । काम गर्न खोजिरहेको अवस्थामा पटकपटक सरकार फेरबदल भैरहने हुँदा नागरिकले सोचे अनुसार काम गर्न नसकेपनि जनताको जिवनस्तर उकास्ने काममा कटिवद्ध भएर लागिरहेको समेत बताएका छन् ।

प्रतिनिधि सभा सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले अझै पनि जनताका समस्या राज्यसँग पुग्न नसकेकाले यी सवाललाई केन्द्रित गरेर काम गरिरहेको बताउनुभयो ।

जनताको काम गर्नका लागि तीन तहको सरकार छ, केन्द्रमा सरकारले गति लिइरहेको छ । त्यति निराशाजनक नभएको बताएका छन् । सबै गरिसकेको र पहिलेको तुलनामा अहिले केही विकास भएको छ । प्रयास जारी छ । ठुला योजनामा सङ्घ सरकारले काम गर्नुपर्ने र सार्वजनिक महत्त्वका विषयमा प्रदेश र स्थानीय तहले ध्यानमा राखेर काम गरिरहेको बताएका छन् ।

सङ्घ र प्रदेश सरकार भन्दा स्थानीय तहको भूमिका बढी हुने भएकाले भइरहेका विकास निर्माणका योजनामा सम्पन्न गर्नमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् । उहाँले भन्नुभयो, प्रदेश सरकारलाई अधिकार सम्पन्न नवनाए प्रदेश तहको औचित्य पुस्टि गर्ने चुनौती बढेको छ ।

नेता शाहीले भुकम्पको पुननिर्माणका लागि सरकार गम्भीर भएर लागि परेको बताए । भुकम्पबाट क्षति भएका विद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि कर्णाली प्रदेश सरकारले तिन जिल्लामा बजेट पठाएको बताए । अर्को प्रसङ्गमा वाइडवडी काण्डमा बिना प्रमाण मुद्धा खेप्नु परेकाले ढिलै भएपनि आफुले न्याय पाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया