
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले पूर्वी सुर्खेतका जनतालाई निःशुल्क बिजुली र सिँचाइको व्यवस्था नभएसम्म भेरी बबई डाइभर्सन आयोजनको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको भेरी बबई डाइभर्सन आयोजना सुरुङमार्फत भेरी नदीको पानी लिएर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ र ४८ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ ।
किरणले पूर्वी सुर्खेत जमिन सुख्खा हुने र बिजुलीको भोल्टेज न्यून भएका कारण सामान्य मोबाइल चार्ज देखि मोटर चलाउन समेत शास्ती भइरहेको भन्दै कांग्रेस उपसभापति पुर्ण बहादुर खड्काको आलोचना गरेका छन्। लामो समयदेखि पटकपटक सुर्खेत -१ एकबाट निर्वाचित भएर विकासको निर्माणमा कुनै प्रकारको योगदान गर्न नसकेको भन्दै किरणले आलोचना गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वी सुर्खेत अभियान अन्तर्गत भेरीगंगा नगरपालिका वार्ड नं १३ मा भएको कार्यक्रममा किरणले सम्बोधन गर्दै सुर्खेत-१ मा निरन्तर लामो समयदेखि चलिरहेको नेतृत्वलाई विस्थापित गर्नुपर्ने बताएका छन् ।

नेपालीरैबार । २०८१ माघ २०, आईतवार