गिरिघाट खोलाको छेउमा बस्दै आएका राउटे समुदाय नयाँ ठाउँमा बसाई सर्दै

सुर्खेत । गिरिघाट खोलाको छेउमा बस्दै आएका राउटे समुदाय जुम्ला रोड नजिक सर्न लागेका छन् । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदाय नयाँ ठाउँमा बस्ती सर्न लागेका हुन् ।

सुर्खेत वीरेन्द्रनर नगरपालिका वडा नं. २ गिरिघाट खोलामा बस्दै आएका राउटे समुदाय बराहताल गाउँपालिका वडा नं. २ गिरिघाट जुम्ला रोड नजिक सर्न लागेका मुखिया सुरे नायराण शाहीले जानकारी दिएका छन् ।

ढाई महिना देखि बस्दै आएको ठाउँमा सामाग्री बनाउन काठ पाउन छोडेपछि बस्ती सर्न लागेको मुखिया शाहीले बताएका छन् ।
लोपोन्मुक अबस्थामा रहेको राउटे समुदायमा अहिले ३९ घरधुरीमा १३६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया