दैलेख । दैलेखमा सोमवार सम्पन्न भएको प्रथम फाउण्डर टि–१२ कप क्रिकेटको उपाधी महावु गाउँपालिकाले जितेको छ । दैलेख पुलिसले दिएको ९९ रनको लक्ष्य पछ्याएको महावु गाउँपालिकाले ७ दशमल ५ ओभरमा सय रन वनाउँदै उपाधी जितेको हो ।
यस अघि नारायण क्याम्पसको मैदानमा ब्याटिङ गरेको दैलेख पुलिसले १२ ओभरमा ५ विकेट गुमाउँदै ९८ रन वनाएको थियो । ९९ रनको लक्ष्य पछ्याएको महावु गाउँपालिकाले २५ बल वाँकी छँदा छक्का प्रहार गर्दै प्रथम फाउण्डर टि–१२ कप क्रिकेटको उपाधी जितेको हो ।
महावु गाउँपालिकाले उपाधीसँगै नगद रु। ३० हजार १ सय सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता वनेको दैलेख पुलिसले १५ हजार १ सय सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
तेस्रो भएको आयोजक दैलेख मोडेल स्कुलले ७ हजार १ सय सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका थियो । यहि माघ १६ गते सहिद दिवसका दिनदेखी दैलेख मोडेल स्कुल दैलेखको आयोजनामा सुरु भएको प्रतियोगितामा १० समुहको सहभागिता रहेको थियो ।
नेपालीरैबार । २०८१ माघ २२, मंगलवार