
काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकि छन् ।
सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि हासिल गरेकि हुन् । करुणा विक ‘फष्ट रनरअप’ भइन भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवाहा भइन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरेकि छन् ।

नेपालीरैबार । २०८१ माघ २३, बुधबार