“पानी धमिलो भए पनि आगो निभाऊन सक्छ”

                                                          जि. एम. दिपु देपेन्द्र
                                                    चौरजहारी न.पा.११ रुकुम पश्चिम ।

१) काम नलाग्ला भन्ने नसोच्नु काम आउन सक्छ ।
पानी धमिलो भए पनि आगो निभाऊन सक्छ ।

बाँस हो भनेर सामान्य रुपमा लिएका रहेछन् ।
बाँसुरी बनोस् कसै न कसैले मन पराऊन सक्छ ।

प्रश्नकर्ताले सोधेको छ भगवान को हुन भनि रु
जवाफ दिनेले आमा हुन भनेर बताऊन सक्छ ।

दुख्न सक्ने मन जति ऊसले दुखाई गईसकी ।
लाग्दैन अब कसैले फेरी यो मन दुखाऊन सक्छ ।

बेवास्ता गरेर हिड्नेहरुलाई अत्तोपत्तो नहोला ।
वास्ता गर्नेले मेरो बारे अवश्य थाह पाऊन सक्छ ।

२) जान देऊ छोडेर जानेहरुलाई फरक पर्दैन ।
निधारमा नहुनेहरुको जबर्जस्ती हक पर्दैन ।

सबैको चित्त कहाँ सकिन्छ, बुझाउन पनि ।
सुर्यकै पनि त सबै भुगोलमा चमक पर्दैन ।

जमेर बसेको त्यही पोखरी प्रदुषित हुने हो ।
बगेको नदीलाई सफा गर्न आवश्यक पर्दैन ।

आफ्नै आशा र भरोसाले सजिन्छ जिन्दगी ।
अरुको आशाले सधैँ खुसीको रौनक पर्दैन ।

एकदिन अवश्य समयले, मुल्यांकन छोड्छ ।
आधा केजी बस्तुमा एक केजीको ढक पर्दैन ।

३) भयो मलाई नसोध के छ कस्तो खबर छ ?
डढेलो लागेको वन तत्काल कस्तो हुने गर्छ ?

पहिरोले बगाएको बस्ति, पुनस् निर्माण भयो ।
तिमीले बगाएको यो जिन्दगी अझै बन्जर छ ।

म केवल एक डुंगा थिए, तिमीले छोडेर गयौ ।
ठिकै हो किनारमा पुगे पछि डुंगा छोड्नै पर्छ ।

चिसिएको यो मन तताऊन भट्टिमै पस्ने गर्छु ।
छन त कोठामा अझै तिम्रो उपहार स्विटर छ ।

लाग्छ सारा सबथोक कुरुप छ मसँग अहिले ।
भन्न पाँऊ एकदिन मैले पनि जिन्दगी सुन्दर छ ।

४) कुनै बेलुनमा हावाले जसरी खाँदिएको छु भन्ने ।
थाह पाए तिमीमा जबर्जस्ती टाँसिएको छु भन्ने ।

कपडा लगाऊछन् धनिका झ्याल ढोकाले पनि ।
झन आभास हुन्छ गरिबलाई नाँगिएको छु भन्ने ।

दाम्लो खोलेर छोडिदिदाँ पनि थलोमै उभिरह्यो ।
ऊसलाई छाप परेको थियो बाँधिएको छु भन्ने ।

भाँचिए पनि भाँचिएकै ठाँऊबाट पलाउन मन छ ।
कसैले नसम्झाईदेऊ अब त भाँचिएको छु भन्ने ।

जिउदोँ रहदाँ नै देखाउनु, मिठो मसिनो व्यवहार ।
लासले त के जान्छ जलाईए कि गाडिएको छु भन्ने ।

५) जिन्दगी सँगको यो दौडधुप, बेकार लागेको छैन ।
खुट्टालाई कहिल्यै जुत्ताहरुको, भार लागेको छैन ।

परदेशीने बेलाको त्यही धुमिल, सम्झना छ मनमा ।
वर्षौ भयो बाुआमाको गोडामा, निधार लागेको छैन ।

दुस्खमा आफ्नो हुँ भन्नुको, प्रमाण देखाउन आऊ ।
मलाई तिमीहरु आफ्नै हौ भनि, पत्यार लागेको छैन ।

फर्किएर सखारै घर पुग्ने धुनमा, मलामीहरु छन् ।
लासलाई भने जलेर सकिन, हतार लागेको छैन ।

तिम्रो नामको तखुल्लस राख्न, नपाएकोले होला ।
मलाई अझै यो गजलको शेर, दमदार लागेको छैन ।

६) कसैका लागि कसैले आफ्नो गती छोड्दैनन् ।
कात्रो बेच्नेहरुले पनि मुनाफा नलगी छोड्दैनन् ।

नपाऊन्जेल मात्रै हो कराउने उफ्रिने भनेको ।
ठाँऊ पाए भने यहाँ बाँकी कोही पनि छोड्दैनन् ।

हामीले छोडिदियौ भने पनि केही हुन्न हजुरको ।
हामीले छोडे पनि हजुरलाई त्यहाँ माथी छोड्दैनन् ।

एक राजा थिए बरु चुपचाप राजगद्दी छोडे ।
आज कैयौँ छन् मर्लान ति बरु कुर्सी छोड्दैनन् ।

फूलहरु फूलाएर सजाउदै लैजानुहोस् जिन्दगी ।
काँडाहरुले त जिन्दगीमा कहिल्यै कमी छोड्दैनन् ।

तपाईको प्रतिक्रिया