संसद भवन नयाँ वानेश्वरमा प्रवेश गर्न खोज्दा खगेन्द्र सुनार पक्राउ

काठमाडौंँ । संघीय संसद भवन नयाँ वानेश्वरमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले खगेन्द्र सुनारलाई पक्राउ गरेको छ ।

दलितको लागि दलित अभियानका अभियन्ता सुनार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको हो ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया