लागु औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा दुई जना पक्राउ

सुर्खेत । लागू औषधको कारोबार गरिरहेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा लागु औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ निवासी ३८ वर्षीय हिमालय सापकोटा र ३२ वर्षीय सुवास भट्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए । उनीहरुको शरिर खानतलासी गर्दा तीन ग्राम ४०० मिलिग्राम लागूऔषध फेला पारेको विश्वकर्माको भनाई छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया