सातौँ गुरिल्ला म्याराथनमा जुम्लाकी बुढा प्रथम


रुकुम पश्चिम । जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित सातौँ मौराखारा गुरिल्ला म्याराथनको महिला तर्फको दौडमा जुम्लाकी कल्पना बुढाले जित हात पारेकी छन्। बुढा ३१ जना प्रतिस्पर्धी लाई पछि पार्दै प्रथम बनेकी हुन्।

त्यस्तै उक्त म्याराथनमा दोस्रो पनी जुम्लाकै राज्यलक्ष्मी रावत भएकी छन्। अघिलो वर्षको म्याराथनमा प्रथम बनेकी रावत यसपटक भने दोस्रो बनेकी हुन । ३४ किलोमिटरको दुरी पार गरेकी उनीहरुले क्रमश ६० र ४० हजार रुपैयाँ नगद पाउने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया