डोजरले पल्टाएको ढुंङ्गा लागेर गुल्मिमा एक बालिकाको मृत्यु

गुल्मि । डोजरले पल्टाएको ढुंङ्गा लागेर गुल्मिमा एक बालिकाको मृत्यु भएको छ । गुल्मिको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङ्गा लागेर स्कुल जाँदै गरेकी आठ वर्षीया बालिका विष्णु कुमाल को मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी कुमालको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले बताए । डोजर चालक मकवानपुर इन्द्रचौरका ३६ वर्षीय राजेश रेग्मी लाई प्रहरीको नियन्त्रणमा लिएको बताईएको छ । गुल्मी प्रहरीका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया