सिम्ताले शिक्षक सेवा तथा लोकसेवा आयोगको निःशुल्क संचालन गर्ने

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने भएको छ । गाउँपालिकाले एक सुचना जारि गर्दै निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन हुने जानकारी दिएको हो । लोक सेवा तथा शिक्षक सेवा आयोगद्वारा लिइने चौथो, पाँचौ तहको तयारी कक्षा निःशुल्क रुपमा सञ्चालन हुन लागेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले जानकारी दिए ।

सिम्ता गाउँपालिका भित्र स्थायी रुपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका ईच्छुक नागरिकले सुचना प्रकाशन भएको मिति (२०८१÷११÷५) ले १५ दिन भित्र पालिकाको महिला, वालबालिका तथा समाज कल्याण इकाई शाखामा दरखास्त पेश गर्न सकिने पालिकाले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

साथै सूचनामा आर्थिक रुपमा विपन्न, महिला, जनजाति, दलित, अपाङ्गता लगायतका लक्षित वर्गलाई विशेष ग्राहयता दिईने उल्लेल्ख गरिएको छ । सिम्ता गाँउपालिका महिला, बालबालिका तथा समाज कल्याण ईकाइ राकम, सुर्खेतको आयोजनामा लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन हुन लागेको हो ।
लोकसेवा आयोगको अनलाईन कक्षा संचालनको लागि गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा तिन लाख (३ ,००,०००) रुपैयाँ विनियोजन गरेको छ । नेपालि नागरिकताको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्र, चौथो तहको लागिएसईई वा एसएलसि सो सरह उतीर्ण र पाँचौं तहको लागि +२ वा सो सरह उत्तीर्ण भई पालिका भित्र स्थायी रुपमा बसोबास गरिरहेका नागरिकले निवेदन दिन सक्नेछन । साथै निवेदनको साथमा हस्तलिखित निवेदन र प्रतिवद्धता पत्र समेत समावेश गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया